काठमाण्डौं— राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, बिहार तथा स्तूपाहरुको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ ।
यससँगै भूकम्पबाट क्षति भएका गुम्बा, बिहार तथा स्तूपाहरुको पुनर्निर्माण, संरक्षण र जीर्णद्वारका लागि बाटो खुल्ला भएको छ ।
प्राधिकरणको कार्यकारी समितिको शुक्रबार बसेको बैठकले पारित गरेको हो ।
कार्यविधिमा पुरातात्विक महत्व रहेका सय वर्ष भन्दा पुराना तथा २ हजार वर्ग फिट भन्दा बढी प्लिन्थ एरिया भएका क्षतिग्रस्त गुम्बा, बिहार तथा स्तूपाहरुको पुनर्निर्माण आवश्यकता बमोजिम पुरातात्विक विभागको पूर्व स्वीकृति लिई केन्द्रीय आयोजना कार्यान्वयन इकाईको प्रत्यक्ष संलग्नतामा गरिने उल्लेख गरिएको छ ।
भूकम्पबाट प्रभावित २ हजार वर्ग फिट प्लिन्थ एरिया भन्दा कमका गुम्बा, बिहार तथा स्तूपाहरुको पुनर्निर्माण गर्दा सम्बन्धित उपभोक्ता समिति मार्फत गर्ने कार्यलाई प्रथामिकता दिइने कार्यविधिमा उल्लेख गरिएको छ ।
— कारोबार
FACEBOOK COMMENTS