काठमाडौँ – आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ ।
वर्तमान सरकार गठन भएको पछिल्लो चार महिनामा विगतमा भन्दा दोब्बर बढी कार्यप्रगति भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षलाई थप सशक्त तवरले परिचालन गरिरहेको छ ।
हाल सो विमानस्थलको करीब ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ । हाल विमानस्थलको धावन मार्गलगायत काम भइरहेको छ ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ माथि मन्त्रालयसँग जोडिएका विषयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री रवीन्द्रप्रसाद अधिकारीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो विमानस्थल निर्माणमा उल्लेख्य प्रगति भएको र प्रगति आशातीत रुपमा अगाडि बढेकाले समयमा नै सकिँदैन कि भनेर कुनै आशंका नगर्न आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS