काठमाडौं भदौ १५ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आजदेखि चार महिनाका लागि दैनिक सात घण्टा बन्द हुने भएको छ ।
धावनमार्ग जिर्णोद्धार बन्दै गएको भन्दै केही समयदेखि मर्मत कार्य भइरहेको विमानस्थलको दोस्रो चरणको काम आजबाट शुरु हुने भएको छ । सोही मर्मतको काम सुरु भएसँगै आजदेखि पुस १५ गतेसम्मका लागि राति ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल हुने विमानस्थलले जानकारी दिएको छ ।
आजदेखि दैनिक सात घण्टा उडान बन्द गरी रनवे सेन्टर लाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिङ्क रोड निर्माण लगायतको काम हुने विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्री जानकारी दिए ।
विमानस्थल मर्मतको काम शुरु भए पनि साताको तीन दिन ३० मिनेट विमानस्थल खुला हुने विमानस्थल उनले जनाए ।
FACEBOOK COMMENTS