काठमाडौँ — दोलखामा निर्माणाधीन ७ जलविद्युत् आयोजनाबाट एक वर्षमा ५५६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा थपिने भएको छ ।
यी सबै आयोजनाको काम ७० देखि ९७ प्रतिशतसम्म पूरा भएको छ ।
यी सबै आयोजना कुनै अवरोध नभए एक वर्षभित्र पूरा भई विद्युत् उत्पादन हुनेछ ।
बहुचर्चित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासहित यी आयोजनाको काम तीव्र गतिमा भइरहेको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी निजी क्षेत्रको लगानीमा अन्य ६ वटा आयोजनाको एक सय मेगावाट पनि एक वर्षभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिने छ ।
— कारोबार
FACEBOOK COMMENTS