काठमाण्डौं– नबिल बैंकले ग्रामिण नगरपालिकाहरुमा स्थापना भएका आफ्नो थप १२ नयाँ शाखाहरुको आधिकारिक उद्घाटन गरेको छ ।
काठमाण्डौंमा आयोजित शाखा उद्घाटन कार्यक्रममा अर्थ मन्त्री डा.युवराज खतिवडालेस्थापना भएका १२ नया“ गा“उपालिकाका शाखाहरुको इलेक्ट्रनिक उद्घाटन गरेका थिए ।
अर्थ मन्त्री डा.युवराज खतिवडाले समृद्घ नेपाल सुखी नेपालीका लागि वित्तिय समावेशिता, बैंकि¨ पहुंच तथा बैंकि¨ महत्वका बारे आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।
नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्ल “यी विकट गाँउपालिकाहरुमा १२ नयाँ शाखाहरुबाट सेवा प्रदान गर्न पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्वन गरेको निति, कम्तिमा एक स्थानीय तहमा एउटा वाणिज्य बैंकको शाखा होस् भन्ने भावनाले ती ठाउ“मा बैंकले ग्राहक सुविधा उपलब्धताको लागि शाखा संचालनमा ल्याएको हो । हाम्रा ग्राहक महानुभावहरुलाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहेको छ । ”
नबिल बैंकले ७४ वटा शाखाहरुको बृहत सञ्जाल, ११५ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास लिएको छ ।
सो शाखाहरु प्रदेश नं. ५, कर्णाली प्रदेश, प्रदेश नं ७ स्थित निम्न लिखित स्थानहरुमा रहेका छन् ः
FACEBOOK COMMENTS