काठमाण्डौँ — नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ ।
महासंघका वरिष्ठ उपाध्य शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिण्डले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको निवासमा भएको विस्फोट गराएको विषयमा जानकरी गराएको छ ।
उक्त भेटवार्तामा महासंघका उपाध्य र वैदेशिक रोजगार व्यवसायी संघका पदाधिारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा वरिष्ठ उपाधक्ष्य गोल्छाले अहिले व्यवसाय गर्ने वातावरण असजिलो रहेको बताए ।
लगानी सम्मेलन नजिकिंदै गरेको अवस्थामा देशका घटिरहेको विभिन्न किसिमका घटनाहरुले व्यावसायिहरु त्रसित भइरहेको वरिष्ठ उपाध्यक्षले जानकारी गराए ।
सोही अवसरमा महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले वैदेशिक रोजगार व्यवसाय सुरक्षाको प्रत्याभूति नभएका कारण संचालनमा कठिनाई भैरहेको जानकारी गराए ।
FACEBOOK COMMENTS