काठमाडौं, भदौ १५ – मोरङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
बेलबारी नगरपालिका-८ बस्ने २८ वर्षीया फूलकुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको हो।
आइतबार साँझ ६ बजे आफ्नै घरमा पंखा जोडने क्रममा अचानक करेन्ट लागि फूलकुमारी बेहोस भएकी थिइन्। लगत्तै उनलाई पथरी अस्पतालमा उपचारको लागि लगिएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार उनको बेलुकी साढे ७ बजे मृत्यु भएको थियो।
FACEBOOK COMMENTS