काठमाडौं – मुख्यमन्त्रीहरुले अन्तर प्रदेश समन्वय परिषदको बैठकमा ३३ प्रतिशत बजेट प्रदेश सरकारले पाउनुपर्ने बताएका छन् ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले परिषद बैठकमा देश सरकारले पाउनुपर्ने बताएका हुन् ।
भएका २९ बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त छलफल गर्दै मुख्यमन्त्रीहरुले सहमति कार्यान्वयनमा ध्यानाकर्षण गराएका हुन् ।
उनले भने‘ ‘हिजोको बजेट बाँडफाँट न्यायोचित हुन सकेको छैन । कमसेकम ३३ प्रतिशत बजेट प्रदेशले पाउनुपर्ने हो अनिमात्र विकास देखिन्छ,’ ।
बैठकपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारहरुसँग भने, ‘अन्तर प्रदेश समन्वय परिषदको बैठकमा २९ बुँदे सहमति भएको थियो । त्यसको कार्यान्वयन एकदमै कमजोर देखियो । ती निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री ज्यूले पहल लिनुपर्यो भनेर हामीले ध्यानाकर्षण गरायौं ।’
FACEBOOK COMMENTS