काठमाडौँ — मोडल सङ्ग्स नेपालको आयोजनामा संचालित ‘फेस अफ दी नेशन,२०२०’ को विजेता पुजन गौतम बनेका छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भव्य समारोहका साथ सम्पन्न प्रतियोगितामा विजेता गौतमले ‘फेस अफ दी नेशन,२०२०’ को उपाधिसहित आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरे। उपाधीसहित गौतमले विधागत तर्फको वेष्ट फोटोजेनिक, मस्ट हेन्सम, मल्टिमिडिया चोईस र अडियन्स चोईसको अवार्ड हात पार्न सफल भए । यस्तै ‘फस्ट रनरअप’मा दिया राई भइन विधागत तर्फ भने उनले मस्ट ट्यालेन्टेड र वेष्ट फिगरको अवार्ड पनि हातपार्न सफल भइन। निवर्तमान आईजिपि सर्वेन्द्र खनालको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा नायक सरोज खनाल, रमेश उप्रेती, शिवहरी पौडेल, गायक आनन्द कार्की, गायिका सिन्धु मल्ल, गीतकार डा डी आर उपाध्याय र डा आभाष लाभले निर्णायकको भूमिका निर्वाह गरेका थिए । मोडल सङ्ग्स नेपालले विगत दुई वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘फेस अफ दी नेशन’को विधागततर्फ कृष्णा कुमारी थापाले वेष्ट पर्सनालिटी र मिस ब्युटीफुल, बबिता श्रेष्ठले वेष्ट एटिच्युड, ऋतु पौडेलले मस्ट फ्रेन्डली र मस्ट एक्टिभ, रक्की साहले साईनिङ स्टार, ममता शर्माले मस्ट डिसिपिलिन र फेशन आईकन साथै सम्झना शर्माले वेष्ट स्माईल र वेष्ट वाकको अवार्ड आफ्नो भागमा पार्न सफल भए ।
कोरियोग्रफर के डि भट्टराइले प्रतिस्पर्धामा भाग लिनु पूर्व प्रतियोगीहरुलाई एक महिनासम्म प्रशिक्षण दिई र्याम्पमा उतारेका थिए भने सोमराज बास्तोलाले ईभेण्ट ब्यवस्थापकको जिम्मेवारी निभाएका थिए । अश्विनी झाको कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा उपाधिसँगै विजेताले विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरे । उपाधी विजेताहरुलाई कार्यक्रमका विशिष्ठ अतिथि , निर्णायक, आयोजक संस्थाका प्रमुख एबम अतिथिहरुले पुरस्कृत गरेका थिए । त्यस्तै, आयोजक संस्थाका अध्यक्ष डेविल सिंह राजपुतले प्रतियोगीहरुको क्षमता र गुणको अभिवृद्धि गरी प्रतिष्पर्धी बनाई मनको सुन्दरतालाई प्रष्फुटन गर्न यस्ता खाले कार्यक्रमले मद्दत गर्ने बताए ।

FACEBOOK COMMENTS