काठमाण्डौँ — नेपाली सेनाले बिम्स्टेक फोरममा आवद्ध मुलुकको संयुक्त सैन्य अभ्यासमा सहभागी नहुँने भएपछि केहीदिन अघि भारत पुगेका ३ अधिकृतलाई पनि फिर्ता बोलाएको छ ।
सैनिक अभ्यासमा पर्यवेक्षकका रुपमा खटाइएका ३ अधिकृतलाई प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा फिर्ता बोलाइएको हो ।
नेपाल बाहेक थाइल्याण्डले पनि सैन्य अभ्यासमा भाग लिएन ।
अव शिष्टाचार उपस्थितिका रुपमा भारत स्थित नेपाली राजदूताबासकै सैनिक सहचरी अभ्यासमा सहभागी हुनसक्ने रक्षा मन्त्रालयले जनाएको छ ।
— कारोबार
FACEBOOK COMMENTS