काठमाण्डौँ — गोरखाको गण्डकी गाउँपालिकास्थित बुट्टारमा सय मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने भएको छ।
ब्लु इनर्जी कम्पनीले त्रिशूली नदीमा नेपालमै पहिलो ‘ड्याम्म टु टर्वाइन’ प्रविधिको आयोजना निर्माण गर्न लागेको हो।
आयोजना निर्माण सुरु गर्नुअघि गर्नुपर्ने डिपिआर, इआई, पिपिए ९आयोजना सुरु गर्नुअघिको प्राविधिक नापजाँचको प्रक्रिया० सबै गरिसकेको उनले बताए ।
हाइड्रोको प्रोजेक्ट म्यानेजर निरञ्जन रेग्मीले भने, ‘प्रक्रिया पूरा भएपछि आउँदो अक्टोबरबाट निर्माणको काम थाल्ने बताए ।
अहिले पूर्वतयारीको काम भइरहेको उनले बताए।

नेपालमै नयाँ प्रविधिको पहिलो आयोजना भएको दाबी गर्दै रेग्मीले यो कम लागतमा निर्माण हुने जानकारी दाबीसमेत गरे।

— नागरीक