काठमाण्डौं– नेपाल वायुसेवा निगमलाई दुईवटा वाइड बडी जहाज बेच्न एक घन्टाको लागि बिचौलिया कम्पनी खडा गरेको पाइएको छ।
जहाज खरिदमा अनियमितता भएको चर्चा चल्न थालेपछि संसद्को सार्वजनिक लेखा समिति अन्तर्गत गठित उपसमितिले गरेको छानबिनले उक्त तथ्य पत्ता लगाएको हो।
उपसमिति सदस्यका अनुसार जहाज निर्माता कम्पनीबाट सिधै कमिसन लिन नमिलेपछि बिचौलिया कम्पनी खडा गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
जुन बिचौलिया कम्पनी खडा गरिएको छ त्यसको काम एक घन्टाको लागि मात्रै देखिएको उपसमिति संयोजक राजन केसीले बताए ।
उनका अनुसार निगमलाई जहाज बेच्ने जिम्मा पोर्चुगलको हाइफ्लाई कम्पनीले पाएको हो।
क्त जहाज निर्माता कम्पनीबाट हाइफ्लाई हुँदै हाइफ्लाई एक्सको नाममा आएको एक घन्टापछि निगमलाई बिक्री गरेको देखिन्छ।
यता निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले बिचौलिया कम्पनी कानुनसम्मत खोलिएको बताएका छन्।
– नागरीक
FACEBOOK COMMENTS