काठमाडौं, जेठ १८ – शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर आफ्नो शेयरधनीका लागि जारी गर्दै छ ।
हकप्रद शेयर निष्काशनसम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्सका कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS