काठमाण्डौँ – पर्यटकीय गन्तव्य सौराहामा रहेका होटल तथा रेस्टुरेन्टको खाद्य स्वच्छता मूल्यांन गरेर स्तरीकरण गर्ने अभियान सुरु गरिएको छ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले होटल तथा रेस्टुरेन्ट स्तरीकरणको अभियान सुरु गरेको हो।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागबाटै प्रयोगशाला भ्यानसहित आएको टोलीले फागुन अन्तिम साता तीन दिनसम्म चितवनका विभिन्न स्थानमा रहेका होटल तथा रेस्टुरेन्टको अनुगमन गरेको थियो।
केन्द्रीय टोली नै आएको समयमा सौराहामा रहेका होटल तथा रेस्टुरेन्टको स्तरीकरण गर्ने अभियानसमेत थालनी गरिएको छ।
सौराहामा रहेका होटल तथा रेस्टुरेन्ट अनुगमन गरेर पहिलो पटक खाद्य स्वच्छताका आधारमा स्तरीकरण गर्न स्टिकर वितरण गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतले बताए।
अभियानअन्तर्गत सौराहामा रहेका १८ वटा होटल तथा रेस्टुरेन्टको निरीक्षण गरिएको छ।
– अन्नपुर्ण
FACEBOOK COMMENTS