काठमाडौं– नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोलेको छ।
सरकारले केही समयअघि ती सिमा क्षेत्रको स्तरोन्नती गरेको थियो ।
भन्सार बिभागका महानिर्देशक तोयम राया र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्mौतामा काउन्टरबाट भन्सारले बैंकिङ कारोबार गर्ने सम्बन्धि सम्झौता भएको छ।

बैंकले झापाको भद्रपुर, सुनसरीको कोशीव्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा काउन्टर खोलेको हो।

बैंकिङ प्रणालिका कारण आयात निर्यातमा बढोत्तरी हुनगई राजस्व संकलनको आकडामा बृद्धि हुनजाने बिश्वास लिईएको छ।