काठमाडौं, जेठ २० – कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण स्वास्थ्य संकटबाट गुज्रिरहेको नेपालमा अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न कोका–कोला फाउण्डेशनले क्रियशनलाई सहयोग गरेको छ । यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरूका लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरू मध्यको एक हो ।
सडक र हवाई परिवहनयोग्य प्रविधिलाई चाँडै स्थापना गर्न सकिने र यी युनिटहरू नेपालका धेरै अस्पतालहरूमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्याहरू पनि पैदा नहुने बताइएको छ । प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डरसम्म केटर गर्न सक्छ र यसबाट जीवन बचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा राखिएको छ ।
फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनी नोभएयरले क्रियशन र यसका कन्सोर्टियम पार्टनरहरूको साथमा १० वटा युनिटहरूको माग गरिसकेको छ । अक्सिजन उत्पादन गर्ने युनिटले २० हजार भन्दा बढी मानिसहरूलाई लाइफ सेभिङ अक्सिजनको सप्लाइले ठूलो फाइदा पुग्ने विश्वास पनि गरिएको छ ।
अस्पतालका १८ हजार भन्दा बढी बेडहरूले एक वर्षसम्म नियमित अक्सिजनको सप्लाई पाने छन् र ५ हजार भन्दा बढी अक्सिजन सिलिन्डर रिफिल गरेर खाँचोमा परेका बिरामीहरूलाई दिइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समर्थनमा सरकारी अस्पतालमा यो प्लान्टको स्थापना हुने बताइएको छ ।
कोका–कोला फाउन्डेशनले नेपाल रेडक्रस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्शनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि पनि सहयोग प्रदान गरेको छ ।
FACEBOOK COMMENTS