धनुषा, पुस २५ – ट्रिपरको ठक्करबाट एक युवकको ज्यान गएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं ५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको ट्रिपरको ठक्करबाट ज्यान गएको हो ।
स्थानीयवासीले भने महतोको नियोजित रुपमा हत्या भएको भन्दै प्रदर्शन गरेका छन् । उनीहरुका अनुसार मृतक महतो अवैध रुपमा नदीजन्य पदार्थ उत्खननको विरोध गर्दै आएका थिए ।
ना। ७ ख। ६४१३ नम्बरको टिपरले किचेर आज विहान उनको हत्या गरिएको स्थानिय वासिले आरोप लगाएका छन् । महतोको घर नजिकै रहेको खोलामा उत्खनन भइरहेको थियो।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादबले पनि घटनाको प्रकृति हेर्दा टिपरले किचेर हत्या गरेको देखिएको बताए। टिपरले किचेपछि महतोको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनापछि स्थानीयले हत्यारालाई कारबाही गर्न सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन्। प्रहरी घटनास्थल पुगेर शव पोष्टमार्टमका लागि जनकपुर पठाएको छ। टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने टिपर चालक फरार भएका छन्।
FACEBOOK COMMENTS