काठमाडौं– ऊर्जा मन्त्रालयले ‘नेपालको पानी जनताको लगानी’ अभियान अन्तर्गत आगामी ५ वर्ष भित्रै सञ्चालनमा ल्याउने गरी विभिन्न १६ वटा आयोजना छनोट गरेको छ ।
‘३ हजार देखि ३५ सय मेगावाटसम्मका नदी प्रवाही (आरओआर)का विभिन्न १६ वटा जलविद्युत्का योजना छनोटमा परेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षामान पुनःले यी योजना सुरु गर्ने, सम्पन्न गर्ने, वास्तविक ऊर्जा क्षमता, कति जनाको लगानी र कति लागतका आयोजना भन्ने विषयमा मन्त्रालयले छिट्टै कार्ययोजना सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए ।
सरकारको स्वामित्वमा भएका, प्राधिकरणसँग रहेका वा सहायक कम्पनीले लिएका आयोजनालाई यो योजनामा राखेको उनले बताए ।
आगामी १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य र यसलाई आन्तरिक खपतमा नै प्रयोग गराउने अभियानमा नेपाल अगाडि बढेको पनि मन्त्री पुनको भनाइ छ ।
– अन्नपूर्ण
FACEBOOK COMMENTS