काठमाण्डौ– एनसेल प्रालिले मिदास एजुकेसन प्रालिसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास इ–क्लास सेवा ल्याएको छ ।
यो सेवाको सुरुवातसँगै अब एनसेलका ग्राहकले आफ्ना बालबच्चाको शैक्षिक विकासका लागि श्रव्य÷दृश्यमा आधारित डिजिटल शैक्षिक सामग्रीहरूको ठूलो संग्रहबाट लाभ लिन सक्ने जनाएको छ ।
यसमा उपलब्ध हुने पाठ्यक्रमहरू अन्तक्र्रियात्मक हुने भएकाले बालबालिकाले अभिरुचिपूर्वक सिक्न सक्ने दाबी गरिएको छ । यस सेवामा प्लेगु्रपदेखि कक्षा दशसम्म अध्ययन गर्ने विद्यार्थीका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्री, गेम्स् तथा अभ्यास रहेका छन् ।
मिदास इ–क्लास सदस्यतामा आधारित सेवा भएकाले ग्राहकले दैनिक, साप्ताहिक तथा मासिकमध्य कुनै पनि सेवा योजना सुचारु गर्न सक्ने जनाइएको छ ।
जसमा दैनिक सेवाको १५ रुपैयाँ २६ पैसा, साप्ताहिकको ७१ रुपैयाँ २६ पैसा र मासिक सदस्यताको २ सय ५४ रुपैयाँ ५० पैसा तोकिएको छ ।
एनसेलका ग्राहकले यो सेवा सुचारु गरेको दिनदेखि एक हप्तासम्म निःशुल्क प्रयोग गर्न सक्ने जनाइएको छ । एप डाउनलोड तथा एपमा रहेको शैक्षिक सामग्री प्रयोग तथा डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्ने जनाइएको छ ।
FACEBOOK COMMENTS