काठमाडौं, जेठ १३ – नेपाल चेम्बर अफ कमर्शले किराना पसल बन्द गर्ने निर्णयको विरोध गरेको छ । गृह मन्त्रालय काठमाण्डौका प्रमूख जिल्ला अधिकारीबाट महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि किराना पसल बन्द गर्ने निर्णयको विरोध गरेको हो ।
चेम्बरले भनेको छ, ‘उक्त बिज्ञप्ती अनुसार किराना पसलहरु वन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरिद गरी उपभोग गर्ने न्युन आय भएका सर्वसाधारण उपभोक्ताहरुलाई यस व्यवस्थाले मर्का परेको छ । ‘त्यस्तै, किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल वन्द गरिदा अति आवश्यक उपभोग्य वस्तुहरु सर्व साधारणलाई सुलभ आपूर्ति नहुने चेम्बरले बताएको छ ।
त्यस्तै तोकिएको मापदण्डको भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
FACEBOOK COMMENTS