काठमाण्डौँ — गत शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दर्शक तथा उपभोक्ताको उत्साहजनक सहभागिता देखिएको छ ।
शनिबार रक्षामन्त्री इश्वर पोख्रेल, अभिनेत्री संचिता लुइँटेल, प्रियंका कार्की लगायतले प्रदर्शनीको अवलोकन गरेका छन्। ।
त्यस्तै आइतबार काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले प्रदर्शनीको अवलोकन गरेकी छिन्। ।
प्रदर्शनीका संयोजक नवराज गौतमले सोमबार अभिनेता निखिल उप्रेती, मिस नेपाल शृंखला खतिवडाले अवलोकन गर्ने कार्यक्रम रहेको बताए ।
विभिन्न ब्रान्डका स्वदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनीमा उपभोक्तालाई १० देखि १५ प्रतिशतसम्म छुट समेत दिइएको गौतमले बताए ।
“राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग” भन्ने मूलनाराका साथ जारी प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवं ठूला उद्योगहरुद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको सबै उत्कृष्ट उत्पादनहरु एउटै छानामुनि राखिएका छन ।
यो प्रदर्शनीमा १४० वटा स्टल रहनेछन जसमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगहरु , छाला जन्य बस्तु उत्पादकहरु, र यस उद्योगहरु का लागी कच्चापदार्थ उत्पादन गर्ने उत्पादक तथा बितरकहरुको समेत सहभागीता रहेको छ ।
FACEBOOK COMMENTS