काठमाण्डौँ – सरकारले आर्थिक बर्षको अन्त्यमा आएर पुँजीगत बजेट असारे बाढीमा बगाउने प्रवित्ति रोक्न जेठ मसान्तपछि विकास निर्माणका कुनै पनि काम गर्न नपाउने निर्णय गरेको छ ।
कुल बजेटको एक तिहाई बजेट असारमा मात्रै खर्च हुने प्रवित्ति नरोकिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार महिनामा विकास निर्माणक काम गर्न नपाइने निर्णय गरेको हो ।
सरकारी कर्मचारीहरुमा असारे विकासका नाममा बजेट बाँडीचुँडी खाने प्रवित्ति मौलाएका कारण मन्त्रालयले यस्तो निर्णय गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले अब आइन्दा असार महिना लागेपछि विकास निर्माणका काम नगर्न र सम्पन्न कामको गुणस्तर जाँच गर्न निर्देशन दिइएको जानकारी दिए।
मन्त्रालयका अनुसार यसबारे मातहतका सबै कार्यालयलाई परिपत्र गरिसकिएको छ ।
–कारोबार
FACEBOOK COMMENTS