उज्वलजंग शाह
निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा यतिबेला चुनावी माहौल शुरु भएको छ । मन्दगतिमा चलिरहेको चुनावी माहौललाई एक्कासी तताउने कार्यको थालनी महासंघका इलेक्टेड प्रेसिडेण्ट अर्थात हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गरे । महासंघको हुनेवाला अध्यक्ष जस्तो मुली एवं ब्यवसायीका नेता तटस्थ बस्दै सबैलाई एकै ठाउँमा जोडनु पर्नेमा गोल्छाले गुट उपगुट बनाउदै हिड्न थाले पछि उनमा उच्च नैतिक संकट देखिएको भन्दै ब्यवसायीहरु भड्किन थालेका छन् । शेखर गोल्छाले किशोर प्रधानलाई आफ्नो वरिष्ठ उपाध्यक्ष भनेर घोषणा गरेसंगै चुनावी माहौल त तातियो तर यसबाट गोल्छाको जोड घटाउले उनलाई नै ठुलो घाटा लाग्ने देखाएको छ ।
“महासंघको हुनेवाला अध्यक्ष जस्तो मुली एवं ब्यवसायीका नेता तटस्थ बस्दै सबैलाई एकै ठाउँमा जोडनु पर्नेमा गोल्छाले गुट उपगुट बनाउदै हिड्न थाले पछि उनमा उच्च नैतिक संकट देखिएको भन्दै ब्यवसायीहरु भड्किन थालेका छन् । शेखर गोल्छाले किशोर प्रधानलाई आफ्नो वरिष्ठ उपाध्यक्ष भनेर घोषणा गरेसंगै चुनावी माहौल त तातियो तर यसबाट गोल्छाको जोड घटाउले उनलाई नै ठुलो घाटा लाग्ने देखाएको छ ।”
गोल्छा कसको साथले कसरी उच्चालिए भन्ने कुरा बाहिर आएपछी महासंघमा नयाँ माहौल समेत सृजना भएको छ । गोल्छा कति अलोकप्रिय बनेका छन् भन्ने कुरा एसोसियट उपाध्यक्ष चन्द्र ढकालको चुनावी घोषणा सभामा ७० जिल्ला र ५ प्रदेशको समर्थन रहनुले पनि प्रष्ट देखिएको छ । त्यससंगै बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ , एसोसियटका जोत्सना श्रेष्ठ लगायतको सर्मथनले ढकालले वस्तुगत र एसोसियटबाट पनि ६५ प्रतिशत भन्दा ज्यादा मत पाउने देखिन्छ । चन्द्र ढकालले महासंघमा ठुलो प्रभाव जमाउने दुई हस्ती पूर्व अध्यक्ष चण्डि राज ढकाल र सुरज बैद्यलाई पनि एक ठाउँमा ल्याउन सफल भएका छन् । समग्रमा महासंघमा एक किसिमको प्रभावशाली ब्यवसायीक नेताका रुपमा ढकालले आफुलाई प्रस्तुत गरेका छन् । घोषणासभामा बोल्ने क्रममा ढकालले अध्यक्ष फेलियर हुनु भनेको महासंघ फेलियर हुनु हो भन्दै शेखरलाई पनि सहयोग गर्नुपर्छ भन्ने भाव दर्शाए । यसरी ढकालले महासंघलाई एक ढिक्का पारेर सबैलाई जोड्दै समृद्ध नेपालका लागि एक अपरिहार्य संघ बनाउने बाटोमा लागेको देखियो ।
षडयन्त्रको बाटो छाड्ने कि ?
गोल्छा प्यानल अझ षडयन्त्र गर्न नयाँ नयाँ तुरुप फाल्दै गरेको देखिन्छ । ढकालको विशाल घोषणा सभा र सर्मथन देखेर आत्तिएका गोल्छा चण्डिराज ढकाल र उमेश श्रेष्ठलाई साथ छाडे सर्वसहमतिमै ढकाललाई वरिष्ठ सदस्य बनाईदिने भनेर नयाँ कार्ड फ्यालेको छ । तर गोल्छालाई आफ्नो पछाडी भएका महासंघ भित्रका साथीहरुले एकपछी अर्को गर्दै पत्तो नै नदिई छाड्दै गएका छन् । जिल्लाका अध्यक्षहरु गोल्छाको यहि रबैया रहने हो भने उसको पछाडी रअका एजेन्ड वाहेक कोहि नरहने बताउछन् ।
उनीहरुका अनुसार गोल्छाको रबैया यति खराब भैइसक्यो कि कुनै मिटिङमा अगाडीसंगै हिड्ने साथीले उचालेर जे पाए त्यही बोले भन्छन् । तर पछाडीबाट अर्को षडयन्त्र गरिहाल्छन् । यस्तो किसिमको रबैयाले गोल्छाले कसरी महासंघको अध्यक्षका रुपामा ३ वर्ष विताउने हो र महासंघलाई कता लाने हो भनेर चिन्तित बनेको अधिकाँस सदस्यहरुले बताउन थालेका छन् । अब पनि गोल्छा नसुध्रने हो भने महासंघ ठुलै दुर्घटना तर्फ जान सक्ने भन्दै कतिपयले त मुखै फोरेर सचेत रहन आग्रह गर्ने त कोहीले चेतावनी समेत दिएको सुनिन्छ ।
षडयन्त्रकारीहरुको मुखुण्डो
“सिधा-सोझा, कसैलाई नबिझाउने र महासंघलाई नभई नहुने तत्कालिन अध्यक्ष प्रदिप जंग पाण्डेलाई फसाएर आफु अध्यक्ष भएपछी मुरारका सधै नै यहि थ्यौरीले काम गर्छ भनेर शेखरलाई पनि आफ्नो बाटोमा हिडाउन उद्धत देखिए ।”
नेपाल उद्योग वाणिज्य महासंघमा पछिल्लो समयमा चण्डिराज ढकाल र सुरज बैद्य बीचमा दुरी बढेकाले यि दुई नै षडयन्त्रकारी भन्ने देखाएर नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपति मुरारका सधै नै षडयन्त्रकारी भुमिकामा रहिनै रहे । सिधा-सोझा, कसैलाई नबिझाउने र महासंघलाई नभई नहुने तत्कालिन अध्यक्ष प्रदिप जंग पाण्डेलाई फसाएर आफु अध्यक्ष भएपछी मुरारका सधै नै यहि थ्यौरीले काम गर्छ भनेर शेखरलाई पनि आफ्नो बाटोमा हिडाउन उद्धत देखिए । महासंघमा एसोसियट बाहेक अरु केहिमा प्रभुत्व नरहने देखेपछि षडयन्त्र आफु गर्ने दोष अरुको टाउकोमा हाल्दै आफु अध्यक्ष मात्र भएनन् शेखरलाइ समेत भावी अध्यक्ष बनाए । मुराकार यस्तो षडयन्त्र बुन्न सिपालु छन् कि प्रदिप जगं पाण्डेको केशमा चण्ढिराज ढकाललाई दोष लगाएर पाण्डे र ढकाल बीचको बोलचाल समेत बन्द गराए । यसरी गरिएका हरेक षडयन्त्रहरु महासंघका जिल्ला, नगर, बस्तुगत, एसोसियट सबै तिरका सदस्यहरु जानकार भईसककाले अब यस्तो चरित्र र मुखुण्डोले केहि काम नगर्ने भएकोले समयमा नै गोल्छाले आफुलाई सुधार्दै महासंघको गरिमालाई उच्च पानुपर्ने सबैको जोड रहेको छ ।
FACEBOOK COMMENTS