काठमाडौं, भदौ २३ – दक्षिण भारतीय फिल्मका अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ।
७४ वर्षीय रेड्डीको ह्दयघातका कारण आज (मंगलबार) बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा मृत्यु भएको हो ।
उनको निधनप्रति तेलगु फिल्ममा अपुरणीय क्षति पुगेको भन्दै भारतीय नेता र कलाकालहरुले दुःख ब्यक्त गरेका छन् ।
आंध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले संवेदना ब्यक्त गर्दै तेलगु फिल्मका दिग्गज कलाकार अस्ताएको भन्दै दुःख व्यक्त गरेका छन्।
FACEBOOK COMMENTS