काठमाण्डौँ —नेपालमा दस वर्षको अवधिमा करिब साढे सात हजार मोडलका मोबाइल सेट भित्रिएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार सन् २००८ दखि हालसम्म सात हजार तीन सय भन्दाबढी मोडलका मोबाइल सेट भित्रिएका हुन् ।
सन् २००८ देखि उपकरण आयात गर्दा टाइप अप्रुभल लिनुपर्ने नियम लागू भएको थियो ।
प्राधिकरणले नेपालमा उपयोग र आयात हुने दूरसञ्चार उपकरणको अनिवार्य टाइप अप्रुभल लिनुपर्ने व्यवस्था गरेदेखि कुल नौ हजार तीन सय ४३ वटा उपकरणले टाइप अप्रुभल लिएका छन् ।
त्यसमध्ये सात हजार दुई सय ९१ वटा मोबाइल सेटले ६ महिनाका लागि प्रोभिजनल टाइप अप्रुभल र दुई हजार ५२ वटा उपकरणले पाँच वर्षे अवधिको स्थायी टाइप अप्रुभल लिएका छन् ।
त्यसमा मोबाइलसेटतर्फ जीएसएम मोबाइल ह्यान्डसेट र सीडीएमए मोबाइल ह्यान्डसेट गरी सात हजार तीन सय २५ वटा मोडलको टाइप अप्रुभल भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताएका छन् ।
— अन्नपूुर्ण
FACEBOOK COMMENTS