काठमाडौं, ०२ माघ – नेपालमा पनि कोरोना विरुद्धको खोपले आपतकालीन प्रयोगको अनुमति पाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको औषधी व्यवस्था विभागले शुक्रबार कोरोना खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको छ।
विभागले कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’लाईआपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।
यस्तै, विभागले सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई विभागले आपतकालीन अनुमति दिएको छ।
विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो।
कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो। भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ।
FACEBOOK COMMENTS