काठमाडौं, २६ कार्तिक – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज बुधबार १७०० विन्दु नाघेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से आज २८ दशमलव ८९ अंकले बढेर १ हजार ७ सय ७ दशमलव ६७ विन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार आज ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७४२ को कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये फाइनान्सबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।
FACEBOOK COMMENTS