काठमाण्डौ– बजाज मोटरसाइकलका लागि आधिकारिक विक्रेता एचएच बजाजले अल न्यु बजाज पल्सर १५० टिडी नेपाली बजारमा बिक्री सुरु गरेको छ ।
यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र कालो–निलो, कालो–रातो तथा ब्ल्याक क्रोम गरी तीन कलर भेरिएन्टमा उपलब्ध रहेको जनाइएको छ ।
बाइकमा १७ इन्च एलोय ह्विलमा मेट ब्ल्याक दिइएको छ । नयाँ बजाज पल्सर १५० टिडीमा ड्युल डिस्क ब्रेक रहेको छ । युवालाई आर्कषित गर्न बाइकमा मोटो ह्विल, मोटो टायर, च्यासिस र सकर पनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको जनाइएको छ ।
कम्पनीका अनुसार बाइकमा स्प्लिट सिट राखिएको छ । त्यस्तै स्प्लिट ग्रेव रेल, आल्मुनियम फिनिस फुटपेज राखिएको छ ।
पल्सर १५० ट्विन डिस्कमा अप्टिमाइजेसनका साथ नोइज, भाइब्रेसन र हार्सनेस लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर १५० ट्विन डिस्कको मूल्य २ लाख ५५ हजार ९०० रुपैयाँ तोकिएको छ ।
FACEBOOK COMMENTS