काठमाडौं, वैशाख १९ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र उनकी पत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज आइतबार बिहान स्वाब दिएका दुवै जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्री ढकालको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार मन्त्री ढकालको स्वास्थ्य अवस्था सामान्य भए पनि मन्त्री पत्नी फुयाँललाई भने अस्पताल भर्ना गर्नुपर्ने भएकाले तयारी भइरहेको छ ।
FACEBOOK COMMENTS