काठमाडौं, ०५ पौष-प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । पार्टी भित्रबाटै आफूलाई असहयोग हुदै आएको र हटाउने तयारीसम्म भैरहेको महशुश गरेका प्रधानमन्त्री ओलीले संसद विघटनको लागि सिफारिस गरेका हुन्।
संविधानको धारा ८५ को १ मा यस संविधान बमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछ भन्ने उल्लेख छ।नेपालको संविधानमा संसद विघटन सम्बन्धी स्पष्ट प्रावधान छैन।
FACEBOOK COMMENTS