काठमाडौं – भूकम्प पीडितले १० वर्षसम्मका लागि २ प्रतिशत ब्याजमा सहुलित कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भूकम्प पीडितलाई प्रदान गरिने कर्जाको कार्यविधि संशोधन गरी यस्तो व्यवस्था गरेको हो ।
भूकम्प पीडितको कर्जा अवधि न्युनतम ५ वर्षसम्म अधिकतम १० वर्षसम्म रहने भएको छ । पुर्नरकर्जा अवधि सकिपछि ८ वर्षसम्म ब्याज अनुदान दिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
भूकम्प पीडितलाई दिने कर्जालाई विपन्नमा गणना गर्न पाइने व्यवस्था गरिएको छ । प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात गणना गर्दा कुल कर्जाबाट घटाउन सकिने व्यवस्था गरिएको छ । पहिलो २ वर्ष शुन्य ब्याजदरमा कर्जा पाइने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
पुनरकर्जा अवधि व्यत्तित भएपछि निक्षेप लागतमा २ प्रतिशत थप गरी ब्याज लिन पाउने व्यवस्था गरिएको छ।
FACEBOOK COMMENTS