काठमाण्डौँ — मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ ।
मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
यो निर्णय पूर्ण रुपमा लागू भएमा आगामी वर्षदेखि यहाँ कार्यरत नेपाली कामदारले न्यूनतम मासिक पारिश्रमिक १०५० रिंगिट पाउनेछन् ।
त्यहाँका सेवा, निर्माण, उत्पादन, कृषि, सुरक्षा लगायत विभिन्न रोजगारी क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत छन् ।
हाल मलेसिया प्रायद्वीपमा न्यूनतम पारिश्रमिक मासिक १ हजार रिंगिट छ भने सावाह र सारावक क्षेत्रमा काम गर्नेहरुका लागि ९२० रिंगिट कायम छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS