विराटनगर– विराटनगर महानगरपालिका १४ स्थित श्रीकृष्ण गौ सेवा सदनले उत्पादन गरेको वायोग्यास सय घरमा पाइपमार्फत पुग्दैछ।
यो पाइपबाट ग्यास पुर्याउने अभियानको शुभारम्भ गर्न प्रधानमन्त्री ओलीनै आउँदैछन्।
ओलीले मंगलबार यो योजनाको शुभारम्भ गरेपछि सय घरमा पाइपमार्फत ग्यास पुग्नेछ। मारवाडी समुदायका स्थानीय व्यवसायीको सकृयतामा यो योजनाले मूर्त रुप पाएको हो।
गौसेवा सदनको सक्रियतामा त्यहाँका गाईको गोबरवाट ३ सय २० घन मिटर ग्यास उत्पादन हुन थालेको छ । गौसेबा समितिका सहप्रबन्धक सन्तोष यादवका अनुसार गौशाला परिसरमा डोम स्थापना गरी ग्यास स्टोर गरिन्छ र स्टोेर गरिएको ग्यास पाइलाइनवाट घरघरमा पुुर्याइएको छ । पहिलो चरणमा ३२ र त्यसपछि १ सय घरमा ग्यास पुुर्याइएको हो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा ८४ लाख बजेटमा यो काम सुरु गरिएको हो । गौशालामा पालिएका २ सय ५ वटा गाईवाट दैनिक २ हजार किलोग्राम गोबर उत्पादन हुुने र सोही गोबरबाट बायो ग्यास उत्पादन भइरहेको सहप्रबन्धक यादवले बताए ।
घरघरमा ग्यासको पाइप जडान भएपछि यस क्षेत्रका स्थानीय बासिन्दा हर्षित छन् । समितिले घरघरमा छुट्टै मिटर राखेर ग्यासको आपूर्ति गरेको हो । एलपी ग्यासको एक सिलिन्डरमा भएजति बायो ग्यास उपभोग गर्दा ११ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने उनले बताए।
FACEBOOK COMMENTS