काठमाण्डौं– चाडबाडको मुखमा मूल्य वृद्धि भएपछि उपभोक्ता आक्रोशित भएका छन् ।
खाद्य, लत्ताकपडा तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सर्वसाधारण सरकार संग आक्रोशित भएका हुन् ।
बजार अनुगमनमा देखिएको कमजोरी, कालोबजारीका कारणले उपभोक्ता समस्यामा पर्दै आएका छन्।
दैनिक उपभोग्य वस्तुमा किन र कसरी मूल्य बढाइयो ? गरिब जनता चाडबाडको समयमा कालोबजारीबाट समेत समस्यामा पर्ने गरेका छन्।
बजार अनुगमन किन प्रभावकारी भएन भन्ने सर्बसाधरणको प्रश्न छ ।
यससँगै चिनीको भाउमा पाँच पटक मूल्यवृद्धि भइसकेको छ। चिनी प्रतिकिलो ७५ देखी ८० रुपैयाँ रहेको छ। सरकारले चिनीमा आयत बन्देज लगाएपछि चिनी महङ्गो भएको उपभोक्ता हित संरक्षणका अध्यक्ष प्रेमलाल महर्जनको भनाई छ ।
पछिल्लो समय पेट्रोलियम पदार्थमा लगातार भएको मूल्य वृद्धिपछि हरेक सामाग्रीमा मूल्य वृद्धि भएको छ।
चिनीमा १५ रुपैयाँसम्म, दालमा ८ रुपैयाँसम्म, आटामा ७ रुपैयाँ, तेलमा १० रुपैयाँ मुल्य वृद्धि भएको छ ।
FACEBOOK COMMENTS