चीन (छेङदु) – नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले चीनको छेङदुमा सम्बोधन गरेका छन् ।
ढकालले छेङदु एसोसिएसन फर फोरेन ट्रेड एण्ड इकोनोमिक कोअपरेसनले आयोजना गरेको कार्यक्रममा सार्क मुलुकलाई टार्गेट गरेर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नेपालले अहिले हाड्रो , टुरिजम , एगा्रे फार्मीङ , सिमेन्ट जस्ता उद्योग आफ्नो प्रथमिकतामा राखेको बताए ।
उनले भने ‘नेपालले गा्रमेन्ट, कार्पेट, पश्मिना लगाएतका समान युरोपमा निर्यात गर्न सक्छ जुन अत्याधिक रुचाइएका सामान हुन ।’
ढकालको नेतृत्वमा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ , चन्द्र प्रसाद ढकाल , प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ , नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौका वरिष्ठ उपाध्यक्ष हेमराज ढकाल सहितको महासंघ–सार्क उवासंघ प्रतिनिधिमण्डल छेङदु पुगेको छ ।
FACEBOOK COMMENTS