काठमाडौं – यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ ।
त्यसैका अधारमा तत्कालका लागि आउटसोर्सिङ कम्पनी मालिका इन्कर्पोरेटमार्फत हुने छपाइ रोकिएको छ ।
कम्पनीले करिब ४ लाख कार्ड छापेपछि विभाग अब आफ्नै मेसिनमार्फत कार्ड छाप्ने योजना बनाउँदैछ ।
ठूलो तामझामका साथ ल्याइएको स्मार्ट लाइसेन्समाथि सुरुदेखि नै प्रश्न उठेको थियो ।
नेपाली नागरिकको व्यक्तिगत विवरण भारतीय कम्पनीको हातमा पुगेको खुलेपछि सर्वोच्च अदालतले त्यसलाई सच्याउन आदेश दिएको थियो ।
अहिले यातायात व्यवस्था विभागका केही मेसिनले मात्रै लाइसेन्स प्रिन्ट गरिरहेका छन् ।
FACEBOOK COMMENTS