काठमाडौं, मङ्सिर ११ – नरेशलाल श्रेष्ठ नेपाल फेल्ट उद्योग संघका अध्यक्ष हुन । उनले बाग्मती पेपर इन्डस्ट्रिज र बागमती आर्ट एन्ड ह्यान्डिक्राफ्ट उद्योग संचालन गर्दै आईरहेका छन् । सन १९८८ मा उद्योग स्थापना गरि उनी कागज एवम् हस्तकलाको क्षेत्रमा सकृय रहदै आएका छन् ।
श्रेष्ठले विगत २० बर्षदेखि फेल्ट र हाते कागजबाट उत्पादित सामग्री ठूलो परिमाणमा विदेश निर्यात गर्दै आएका छन् । विदेशमा हुने मेलामा सहभागिता जनाएर आफ्नो उत्पादन प्रबर्धन गर्दै आएका श्रेष्ठ विदेशमा हुने मेला÷महोत्सवले नेपाली हस्तकला निर्यातमा धेरै सघाउ पुग्ने बताउँछन् ।
विदेशमा हुने मेलामा नेपाली ब्यवसायीको सहभागिताले विदेशी क्रेता ल्याउन ठूलो सघाउ पुर्याउने उनको दाबी छ ।
अन्तराष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने बनाउन निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा उनको खाँचो महशुश हुँदै आएको छ ।
त्यसो त महासंघको आसन्न निर्वाचनमा उनले कार्यकारीणी सदस्यका लागि उम्मेदवारी मनोनयन गराएका छन् । लागि उनको अनुभव, व्यवसायिक कार्य कौशलता, सुझबुझपूर्ण व्यवहारले महासंघलाई थप सुदृढ पार्न मद्धत पुग्ने देखिन्छ ।
FACEBOOK COMMENTS