वीरगन्ज – आइतबार गएको विनाशकारी हावाहुरीबाट बारा र पर्सामा दर्जनौं उद्योग क्षतविक्षत भएका छन् ।
बाराको चैनपुरमा रहेका ३० भन्दा बढी उद्योग विनाशकारी हावाहुरीले उडाउँदा अर्बौ क्षति भएको हो ।
अन्य क्षेत्रको तुलनामा बाराको चैनपुरमा हावाहुरीले ठूलो क्षति पु¥याएको छ । चैनपुरमा सिमेन्ट, खाद्यान्न, तेल, दाल उद्योग थिए । ती सबै उद्योगलाई उडाएर लगेको छ ।
उद्योगले उत्पादन गरेका करोडौं रुपैयाँबराबरका मालसामानसमेत उडाएको उद्योग वाणिज्य सङ्घ वीरगन्जले जनाएको छ ।
बिजुलीका पोलहरु हावाले उडाउँदा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति बन्द छ ।
३० जनाभन्दा बढी मानिसले ज्यान गुमाइसकेको र ठूलो सङ्ख्यामा मानिसहरु हतातह भएकाले उद्योगीहरु पनि आफ्नो उद्योग अवस्था बुझ्नभन्दा पनि घाइतेको उपचार र राहतमा जुटेको अध्यक्ष शर्माले बताए ।
‘उद्योगमा कति क्षति भएको छ भन्ने अनुमान लगाउनै सकिन्न,’ उनले क्यापिटलसँग भने, ‘अहिले हाम्रो पहिलो प्रथामिकता भनेको उद्धार र राहत उपलब्ध गराउनु हो, त्यसैमा लागेका छौं ।’ यो सकिएपछि उद्योगमा भएको क्षतिको आकलन गर्ने उनको भनाइ छ ।
FACEBOOK COMMENTS