काठमाण्डौँ – नेपालका ८९ प्रतिशत मानिस अझै बिमाको दायरा बाहिरै रहेको पाइएको छ ।
बिमा समितिको एक तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको ११ प्रतिशत मानिसले मात्र बिमा गरेका छन् ।
मानिसमामा बिमासम्बन्धी जनचेतनाको कमी र बिमा व्यवसायीले दायरा फराकिलो बनाउन नसक्दा यस्तो स्थिति रहेको हो ।
यो तथ्यांक पनि कुल बिमा लेखमा आधारमा तयार गरिएको हुनाले एउटै व्यक्तिले धेरैवटा बिमा लेख जारी गरेको भए कुल बिमितको प्रतिशत अझै घट्ने समितिको भनाइ छ ।
नेपालमा बिमा गर्नेहरूको संख्या अत्यन्तै कम रहेको बताउँदै बिमाको दायरालाई बृहत् बनाउन आवश्यक रहेको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए ।
बिमासम्बन्धी जनचेतनाको कमी, बिमा कम्पनीहरूको साँघुरो दायरा, प्रचारप्रसार अभाव जस्ता कारणले बिमा गर्नेहरूको संख्या कम रहेको चापागाईंले बताए ।
बिमा कम्पनीहरू सहरकेन्द्रित हुँदा बिमा गर्नेहरूको संख्या न्यून रहेको राष्ट्रिय बिमा संस्थानका एक अधिकारीले बताए ।
यसबाहेक अहिले निर्जीवन बिमातर्फ पनि मानिसको चासो बढेको पाइएको छ ।
हाल नेपालमा १८ वटा जीवन बिमा कम्पनी, २० वटा निर्जीवन बिमा कम्पनी र एउटा पुनर्बिमा कम्पनी छन् ।
– राजधानी
FACEBOOK COMMENTS