काठमाडौँ — ह्यूमीडीफेयर ब्रान्ड क्रेनको नेपाल स्थित आधिकारिक बिक्रेता आई.एम.एस ग्रुपले यसका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ ।
यस ग्रुपले उल्लेखित ब्राण्डको स्वास्थ्य एवम जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरु जस्तै ह्यूमीडीफेयर (कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उगकरणहरु) एएर प्युरीफाएर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक्रि वितरण सुरु गरेको हो ।
क्रेन एअर प्युरीफाएर हावालाई शुद्धिकरण गरी वातावरणलाई किटाणु रहित र स्वस्थ्य बनाउन प्रभावकारी छ ।
यसै गरी क्रेन ह्यूमीडीफेयरको प्रयोग बच्चा तथा वयस्क दुबै उमेर समूहलाई जाडोयाममा फाइदाजनक हुन्छ ।
यसले विशेषतः हावालाई ओसीलो बनाई रुघाखोकी, नाकमा रगत आउने आँखा चिलाउने लगाएत अन्य हिउँदमा देखिने समस्याहरुलाई समेत निराकरण गर्दछ ।
FACEBOOK COMMENTS