काठमाडौं – सरकारले इन्टरनेटमा गरिएको शुल्कवृद्धि फिर्ता गरेको छ ।
सेवाग्राही र सरोकारवालाको चर्को विरोधपछि सरकारले इन्टरनेटमा गरेको मूल्यवृद्धि फिर्ता लिइएको घोषणा गरेको हो ।
साउन १ गते देखि लागू भएको नयाँ शुल्क फिर्ता भएसँगै सेवाग्राहीले पहिलेकै मूल्यमा इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन् ।
शुल्कवृद्धिको सर्वत्र विरोधपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवाको मूल्य समायोजन सिफारिस समिति गठन गरेको थियो ।
मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्र संयोजक रहेको समितिमा दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाल र इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)का पूर्वअध्यक्ष विनय बोहरा सदस्य थिए ।
मूल्य समायोजन सिफारिस समितिको सिफारिसका आधारमा पुरानै शुल्क कायम गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
–कारोबार
FACEBOOK COMMENTS