साउन ५ -ओखलढुंगा जिल्लाका एक ७२ वर्षीय क्यान्सरपीडित कोरोना संक्रमणमुक्त भएका छन् । उनीसहित ५ जनाले कोरोना जितेपछि ओखलढुंगा हाललाई कोरोना संक्रमणमुक्त भएको छ।
हालसम्म जिल्लाको लिखु गाउँपालिकामा ५ जना र सुनकोशी गाउँपालिकामा १ जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
लिखुका ७२ वर्षीय ती वृद्धलाई कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मीको निगरानीमै आफ्नै घरमा राखेर उनलाई उपचार गराइएको थियो। क्यान्सरकै कारण अस्पतालसम्म नलगिएका वृद्ध तथा उनको परिवार समेतमा कोरोना नेगेटिभ देखिएको छ ।
FACEBOOK COMMENTS