काठमाडौं, फागुन ५ – विद्युत प्राधिकरणले सोमबारदेखि काठमाडौँ उपत्यकामा विजुलको तार भूमिगत गर्ने कामको थालनी गर्दैछ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलोपटक बिजुलीको तार भूमिगत गर्ने कार्यक्रमको शुभारम्भ गरेका हुन्।
बिजुलीको तारकै कारण कुरुप बनेको काठमाडौँ सहरलाई सफा र सुन्दर बनाउने उद्देश्यले तार भूमिगत गर्न लागिएको हो। पहिलो चरणमा आजदेखि रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्र अन्तर्गत क्षेत्रमा बिजुलीको तार जमिनमुनि बिछ्याउने कार्यक्रमको औपचारिक सुरुवात हुनेछ । नेपाल विद्युत प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, टिचिङ लगायतका क्षेत्रमा बिजुलीका तार भूमिगत गरिनेछ । सो क्षेत्रमा ११ हजार भोल्टेज र ४०० भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ ।
बाहिरी प्रणालीबाट विद्युत वितरण गर्दा जोखिम हुन सक्ने, मानविय क्षतिका साथै सहरको सौन्दर्यमा ह्रास आएको भन्दै प्राधिकरणले यसलाई भूमिगत गर्न लागेको हो । विकसित मुलुकमा विद्युत वितरण प्रणाली भूमिगत रहेको छ । यो आयोजना एसियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा विद्युत प्रसारण तथा वितरण क्षमता अभिवृद्धि योजनामार्फत भुमिगत गर्न लागेको हो ।
पहिलो चरणमा दुई वटा वितरण केन्द्र अन्तर्गत ९० हजार ग्राहकको घरसम्म तार अन्डरग्राउन्ड गरिसकेपछि अरु ठाउँमा पनि काम थाल्ने प्राधिकरणको योजना छ।
FACEBOOK COMMENTS