काठमाण्डौँ — काठमाडौंदेखि धुलिखेलसम्म अब विद्युतीय बस सञ्चालन हुने भएको छ ।
सरकारले जर्मनी विकास सहयोग (जीआईजेड) आर्थिक सहयोगमा काठमाडौं–धुलिखेल रुटमा विद्युतीय बस सञ्चालन गर्न लागेको हो ।
यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार शर्माले विद्युतीय बस सञ्चालनका लागि जीआईजेडसँग प्रारम्भिक छलफल गरिएको जानकारी दिए ।
शर्माले उक्त रुटमा १५ वटा विद्युतीय बस र आवश्यक स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि प्रस्ताव गरेको बताए।
नेपालमा निजी प्रयोजनका लागि विद्युतीय सवारीसाधनको प्रयोग दर बढे पनि सार्वजनिक यातायातका क्षेत्रमा यसको प्रयोग हुन सकेको छैन ।
सरकारले पहिलो चरणमा पाइलट प्रोजेक्टको रूपमा सार्र्वजनिक यातायातको क्षेत्रमा विद्युतीय बस चलाउन लागेका हो ।
नेपालमा विद्युतीय सवारी साधन चार्ज गर्ने चार्जिङ स्टेसन हालसम्म निर्माण भएको छैन ।
—अन्नपूर्ण
FACEBOOK COMMENTS