काठमाडौं, माघ ५ -कृषि विकास बैंक ५३ औं बर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकास नै मुख्य लक्ष्य रहेको बैंकले कृषिलाई नछोड्ने, अरुलाई जोड्ने नीति लिएको छ ।
बैंकले आज राजधानीमा एक पत्रकार सम्मेलन गरी बैंकले आफ्नो बार्षिक साधारणसभा सम्पन्न गरी सेयरधनीहरुलाई ३० प्रतिशतको मुनाफा वितरण समेत जनाएको छ ।पत्रकार सम्मेलननमा बोल्दैं बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले ५३ बर्षको लामो यात्रामा तय गर्दै कृषि विकास बैंक एउटा सबल र सक्षम बैंकको रुपमा जनमानसमा स्थापित भएको बताए ।उपाध्यायले बैंक सधै ग्रामीण तथा कृषि क्षेत्रको विकासको लागि सरल र सुलभ कृषि कर्जामा केन्द्रित रहेको पनि बताए ।
बैंकले साना किसान विकास आयोजनामार्फत सामूहिक प्रणालीमा आवद्ध हुने, शैक्षिक एवं स्वास्थ्य कार्यक्रम, बचत परिचालन र सामूहिक जमानीमा कर्जा कारोबार गर्दै उक्त आयोजना समूहलाई नै सञ्चालन गर्ने क्षमता अभिवृद्धि गर्दै सहकारीमा रुपान्तरण गरी सुदृढ बनाउने प्रयास गर्दै आएको जनाएको छ । बैंकले २०४१ सालमा नेपालमा पहिलो पटक कम्प्युटरयुक्त बैंकिङ, सीमित सेवा ९निक्षेप कारोबार, कर्जा तथा जमानत, फ्याक्स कारोबार० सहितको बैंकको रुपमा स्थापित भइ बैंकको शाखा संजाल र साना किसान विकास आयोजनामार्फत कृषि तथा कृषि क्षेत्रसँग आबद्ध क्षेत्र मूल्य शृंखलामा लगानी गर्दैै आएको छ ।
सीईओ उपाध्यायले सरकारको ‘सबै नेपालीको बचत खाता, खोलौं बैंक खाता’ अन्तर्गत ५२ हजारभन्दा बढी जनताको खाता खोल्न सफल भएको बताए ।बैंकको निक्षेप गत बर्ष पुससम्मको तुलनामा यो बर्ष सोही अवधिमा १५ दशमलव ४४ प्रतिशत बढेर एक खर्ब २७ अर्ब पुगेको छ भने कर्जा १० दशमलव २३ प्रतिशत बढेर एक खर्ब १७ अर्ब पुगेको छ । त्यस्तै खराव सोही अवधिमा १० दशमलव ३१ प्रतिशतले कमी आई शुन्य दशमलव ८२ प्रतिशत कायम भएको छ ।
सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशतको शेयर रहेको यस बैंकमा अधिकांश कृषकहरु सेयरधनी छन् । बैंकको करिव १२ लाख निक्षेपकर्ता, करिब एक लाख ४५ हजार ऋणी, छ हजार इन्टरनेट सेवाग्राही, दुई लाख ६२ हजार मोवाइल बैंकिङका उपभोक्ता, ८१ हजार भिसा डेबिट कार्ड प्रयोग कर्ता रहेका छन् भने ट्रेड फाइनान्स, एसी, फरेक्स, डिम्याट, सिआश्वा, आईपीएस, गोएएमएल जस्ता सेवाहरुसमेत प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS