काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले चितवनमा शोरुम खोलेको छ । अथर्व इन्टरप्राइजेजसँगको सहकार्यमा टायल्सले मंगलपुरमा शोरुम सञ्चालनमा ल्याएको हो । टायल्सका निर्देशक हिमांशु अग्रवालले हिजो शोरुमको उद्घाटन गरे ।
यो शोरुमले प्रमुख क्षेत्रीय बजारमा आफ्नो पहुँच विस्तार गर्ने कजारियाको प्रतिबद्धतालाई थप पुष्टि गरेको कम्पनीको भनाइ छ । चितवनमा पूर्वाधार र आवास निर्माण बढ्दै गएकोले उच्च गुणस्तर र डिजाइन केन्द्रित टायल उपलब्ध गराउन शोरुम खोलिएको निर्देशक अग्रवालले बताए ।
भने, ‘चितवनमा हाम्रो उपस्थिति विस्तार गर्न पाउँदै अत्यन्त खुशी छौं । चितवनबासीले अब उच्च गुणस्तरका डिजाइन केन्द्रित टायल पाउन सक्नुहुन्छ ।’ नेपालभर आफ्नो शाखा विस्तार गरिरहेको कजारियाले टायल उद्योगमा विश्वासिलो ब्रान्डका रुपमा स्थापित भई नवीनता, गुणस्तर र उत्कृष्ट डिजाइनमार्फत ग्राहकलाई सेवा प्रदान गरिआएको छ ।
