काठमाण्डौं– ग्लोबल आइएमई बैंकले थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको मध्यविन्दु नगरपालिका १५ हर्बस्टारमा ११३औँ, कावासोती नगरपालिका १७ गोछडामा ११४औँ र पाल्पा जिल्ला रम्भा गाउँपालिका १ हुँगीमा ११५औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
यि तीनै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ ।
हर्बस्टार र गोछडामा खोलिएको शाखारहित बैंकिङ्ग सेवा बैंकको कावासोती शाखा र हुँगीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवा बैंकको तानसेन शाखाको मातहतमा रहने छन् ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन ।
FACEBOOK COMMENTS