काठमाण्डौँ — कर्णाली प्रदेशका डोल्पा र हुम्ला जिल्लाका जेष्ठ नागरिकलाई हवाइ भाडामा छुट दिने कार्य सुरु भएको छ।
उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले पहिलो पटक दुई जिल्लाका ६० वर्षमाथिका जेष्ठ नागरिक र पूर्ण रुपमा अपाङ्गता भएका नागरिकलाई हवाइ टिकटमा एक हजार सहुलियत दिन सुरु गरेको हो।
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भए अनुसार डोल्पा र हुम्लाका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई छुट दिने गरिएको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए।
मन्त्री बुढाले चालु आर्थिक वर्षमा हवाई भाडामा छुट दिन एक करोड बजेट बिनियोजन गरिएको बताए ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा हिमाली दुई जिल्ला डोल्पा र हुम्लामा हवाइ भाडामा सहुलियत दिने र प्रदेश राजधानी सुर्खेतबाट पहाडी तथा हिमाली जिल्लामा उडान भर्ने जहाजलाइ इन्धनमा सहुलियत दिने घोषणा गरिसकेको मन्त्री बुढाले जानकारी दिए।
— अन्नपुर्ण
FACEBOOK COMMENTS