काठमाडौं। कोरोनाको दोस्रो लहर फैलिएका कारण आन्तरिक उडान बन्द भएपछि ५९ वटा उडान भएका छन् । सरकारले यही वैशाख २२ गते रातीदेखि भारत बाहेकका सबै अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान रोकेको थियो ।
आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोकेपछिको दुई दिनमा ५९ वटा आन्तरिक उद्धारका उडान भएका हुन् । वैशाख २३ र २४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोेखरा र लुक्ला विमानस्थलमा ती उडान भएको बताइएको छ ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ११ वटा बिरामीको उद्धार र २२ वटा यात्रु उद्धारसहित ५९ वटा उडान भएको बताएको हो । उडानबाट १०४ जनाको उद्धार गरिएको मन्त्रालयको भनाई छ ।
FACEBOOK COMMENTS