बाजुरा । खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा निधन भएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए ।
उनको गएराति निधन भएको हो ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा दिने र आधा झण्डा झुकाउने बताए ।
